मारुनीको ‘जाम्न माया जाम’ गीत रिलिज (भिडियो )

काठमाडौँ : नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ को ‘जाम्न माया जाम’ बोलको गीत रिलिज भएको छ । गीतमा रिक्की शाक्यको शब्द, दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको अभिनय रहेको छ । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् । भदौ १३ गते देखि प्रदर्शन हुने फिल्ममा पुष्प र साम्राज्ञीको साथमा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायत कलाकारको अभिनय रहेको छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार ०९:००