कैलाली र कञ्चनपुर हावाहुरी प्रभावीत क्षेत्रमा क्षतिको लगत संकलन सुरु

धनगढी: कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीसहितको वर्षाले पुर्‍याएको क्षतिको लगत संकलन शूरु गरिएको छ । हावाहुरीमा परि दुई जनाको मृत्यु भइसकेको छ भने सय बढी घाइते भएका हुन । दैवी प्रकोप राहत तथा उद्दार समितिका अनुसार कैलालीका टिकापुर र गोदावरी नगरपालिका तथा कञ्चनपुरका बेदकोट र भीमदत्त नगरपालिकामा बढी क्षति पुगेको छ ।

जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख एवम् कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलालीमा हावाहुरीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्। प्रजिअ बोहराले बिहानसम्म उद्धारको काम सकिएकाले अब क्षतिको लगत संकलन सुरु गरिएको जानकारी गराउनुभयो ।

कञ्चनपुरमा सडक आवागमन अवरुद्ध भएको छ । रुख तथा बिजुलीका पोलहरु ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हावाहुरीका कारण बेदकोट नगरपालिकामा बढी क्षति भएको अनुमान गरिएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १०:४५