कांग्रेस दलिततर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

काठमाडौं  – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलिततर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । खुला ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित हुनु भयो । निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुनुहुन्छ भने अरु सबै देउवा प्यानलका हुनुहुन्छ ।

त्यस्तै, दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी हुनु भएको छ ।

दलित खुल्ला ५ तर्फ

१. मान बहादुर नेपाली
२. प्रकाश स्नेही
३. नृप बहादुर वड
४. हरिशरण नेपाली
५. मैकुलाल बाल्मीकी

दलित महिला ४ तर्फ

१. लक्ष्मी परियार
२. सुजाता परियार
३. शान्ति परियार विक
४. रुपा विश्वकर्मा


प्रकाशित | ८ पुष २०७८, बिहीबार ०८:३९