‘विप्लवजीको पार्टी पनि अलमलमा छ’

काठमाडौं : झन्डै दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारको नेतृत्वमा छ । त्यही सरकारको टाउको दुखाई बनेको छ अर्का नेकपा, जसका गतिविधिमा प्रशासनले प्रतिबन्ध लगाएको छ । अघिल्लो नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्यकै साथी हुन् । अनि प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द पनि उनकै साथी ।

वैद्य भने दुवै पूर्वसहयात्रीको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको बेग्लै बाटो खोजिरहेका छन् । ‘एकातिर कम्युनिस्ट आन्दोलनमा डबल नेकपा छ, जो संसदवामा गइसक्यो । यो पुरानो संस्थाको संरक्षक भइसक्यो,’ वैद्यले भने, ‘विप्लवजीको पार्टी पनि अलमलमा छ ।’ यो समाचार वीरेन्द्र ओली र दिपेश शाहीले नयाँ पत्रिकामा लेख्नुभएको छ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०९:२३