कैलाली-कञ्चनपुर हावाहुरी अपडेट: एकको मृत्यु, घाइतेको संख्या ४० पुग्यो, १७ जनाको अवस्था गम्भिर

कैलाली : सुदूरपश्चिमका दुई जिल्लामा आएको भीषणा हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परि घाइते हुनेको संख्या ४० नाँघेको छ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४० नाघेको हो ।हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार हावाहुरीका कारण गम्भीर घाइते भएका ७ जना सेती अञ्चल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । स्थानीयका अनुसार पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको अनुमान गरिएको छ । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट भीषणा हावाहुरी चलेको हो । हावाहुरीका कारण सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली अवरुद्ध छ । राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध छ ।

तस्विर क्रेडिट: नेपाल लाईभ


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार २३:२२