मकाउबासी नेपाली समुदायलाई एनआरएनएको अपिल -अनावश्यक हल्ला र भ्रममा नपर्नु होला

मकाउ : कोरोना भाइरसले विश्वब्यापी महामारी लिइरहेको बेला गैर आवासीय नेपाली संघ मकाउले मकाउबासी नेपाली समुदायलाई सचेत रहन भन्दै अनावश्यक हल्ला र भ्रममा नपर्न अपिल गरेको छ । एनआरएनए मकाउले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो । मकाउले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :-

हार्दिक अनुरोध

मकाउमा कार्यरत नेपालीहरू नेपाल विदामा बसेका वा मकाउ बाट घर विदामा जाने तयारी गरिरहेकाहरु निम्न ठाउँको हवाई मार्गबाट आवतजावत गरिने हुंदा यस महामारी बाट उत्पन्न परिस्थितिका कारण सरकारले गर्ने निर्णय तत्काल को अवस्था विद्यमान परिस्थिति बारेमा जानकारी गरि दिनुहुन सम्वधीत देशको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,मा अनुरोध गरिन्छ।
सरोकारवाला निकायहरु र नेपाल सरकारको कुटनीतिक नियोगहरूबाट जानकारी लिनुहोला। अनावश्यक हल्ला र भ्रममा नपर्नु होला भनी विनम्र अनुरोध गरिन्छ। धन्यबाद

मकाउबाट ग्वानजाओ चीन हुंदै

मकाउबाट हङकङ हुंदै

मकाउबाट बैङ्क हुंदै

मकाउबाट मलेसिया हुंदै

मकाउबाट सिङ्गापुर हुंदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले पनि श्रम स्वीकृत लगायतका विषयमा आवश्यक जानकारी र सूचना लिने समन्वयको सक्दो पहल भइरहेको अवगत गराउन चाहन्छौं।

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद मकाउ


प्रकाशित | ५ चैत्र २०७६, बुधबार १२:३२