सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घट्यो

काठमाडौँ : नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य शुक्रबार भने ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको हो ।

बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रबार असली चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार १४:४८