नेपाली सेनाका दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि

काठमाडौँ : पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको प्रवक्ता पाण्डेले बताउनुभयो । उनीहरूलाई काठमाडौंमा रहेको सशस्त्र प्रहरीको कोभिड १९ अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १९:२४