मंगलबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं: नेपालमा मंगलबार थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार २ सय ९२ पुरुष र ३१ जना महिलासहित थप २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इलाममा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको पनि प्रवक्ता गौतमले बताउनुभयो । प्रवक्ता गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषमा संक्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना इलामका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ जना पुरुष र सप्तरीका १ महिला र ५ जना पुरुष कोरोना संक्रमण देखिएको छ ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २४ जना चितवनका रहेका छन्, जसमध्ये ४ महिला र २० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी नवलपुरका २ पुरुष र १ महिला, धादिङ, कपिलवस्तु र सप्तरीका एक एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २४ जनाको पोजिटिभ देखिएको छ । त्यसमध्ये म्याग्दीका १ जना पुरुष, नवलपुरका १२ जना पुरुष र बाग्लुङका ११ जना पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषाका २ महिला र १९ जना पुरुष गरी २१ जना, महोत्तरीका १ जना महिला र १८ जना पुरुष गरी १९ जना र सर्लाहीका १ जना पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा गरिएको परीक्षणमा दाङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ जना महिला र ७ जना पुरुष गरी ९ जनाको कोरोना संक्रमण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका १ महिला र १ पुरुष गरी २ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत प्रदेशिक अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १२ जना पुरुष र सुर्खेतका २ महिला, बालकसहित दुई पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दार्चुलाका १० जना पुरुष, कंचनपुरका २ महिला र १७ जना पुरुष गरी १९ जना, डडेल्धुराको १ जना महिला र ७ जना पुरुष गरी ७ जना, कैलालीका १ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल रूपन्देहीको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये रूपन्देहीको २० जना पुरुष र कपिलवस्तुका २ जना पुरुष रहेका छन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषाका १ बालकसहित २४ जना, कपिलवस्तुका ४ जना महिला र ३ जना पुरुष गरी ७ जना, महोत्तरीका ३१ जनामध्ये ७ महिला बालकसहित २४ पुरुष, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना पुरुष र रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ जना पुरुष र सिरहाका १२ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । संक्रमितमध्ये पुरुष ३ हजार ७ सय ५८ जना रहेका छन् भने महिलाको संख्या २ सय ८७ रहेका छन् ।

नेपालमा हालसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन।

त्यसैगरी, मंगलबार थप ९६ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार २०:२८