मेस्सी र रोनाल्डोलाई उछिन्दै ड्यानी आल्भेस बने ‘सर्वाधिक सफल’ फुटबलर !

काठमाडौं : ब्राजिलियन खेलाडी ड्यानी आल्भेस सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी बनेका छन् । हाल फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका ३५ वर्षीय आल्भेसले पछिल्लोपटक लिग वान जितेसँगै उनले आफ्नो करिअरमा जितेको उपाधि संख्या कूल ४२ पुगेको छ । उनकले जितेको उपाधि संख्या अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यतिसम्म कि, यो संख्या अर्जेन्टिनी लिओनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोको भन्दा पनि बढी हो ।

पिएसजीले गत आइतबार लिग वानको उपाधि जितेको थियो । सो उपाधिपछि आल्भेस सर्वाधिक सफल फुटबलरका रूपमा दर्ज भएका हुन् । ब्राजिलियन आल्भेसले आफ्नो करिअर दौरान युरोपका विभिन्न ठूला क्लबबाट खेलेका छन् । त्यसक्रममा उनले स्पेनिस महारथि बार्सिलोना, इटालियन युभेन्टसबाट समेत खेलेका छन् ।

आल्भेस सन् २००२ मा स्पेनिस सेभिल्लामा अनुबन्ध भएका थिए । त्यसअघि उनी ब्राजिलको क्लब बाहियाबाट खेल्थे । सेभिल्लामा उनले ५ वर्ष बिताएका थिए भने बार्सिलोनामा ९ वर्ष बिताएका थिए ।

आल्भेसले जितेका उपाधि :

बाहिया (सन् २००१–००२) – ३ उपाधि
सेभिल्ला ( सन् २००२–००८) – ५ उपाधि
बार्सिलोना (सन् २००८–२०१६) – २३ उपाधि
युभेन्टस (२०१६–१७) – २ उपाधि
पिएसजी (२०१७–) – ५ उापधि
ब्राजिल (२००६–) – ४ उपाधि

आल्भेसले आफ्नो देश ब्राजिलका लागि विभिन्न ४ उपाधि जितेका छन् । उनले क्लब करिअरमा सर्वाधिक धेरै बार्सिलोनाबाट २३ उपाधि जितेका छन् ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार २१:१७