काठमाडौमा पौडेल र सिटौला पक्षका असन्तुष्ट जिल्ला सभापतिको भेला

काठमाडौं : नेपाली कांग्रेसमा असन्तुष्टी समूह काठमाडौमा भेला भएका छन् । कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएका हुन । भेला अहिले जारी छ । क्षेत्रपाटीस्थित होटल काठमाडौंमा जारी भेला भोलीसम्म चल्ने बताइएको छ । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै आएका छन् ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १८:२८