एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने

पेन्सलभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा बाबु सुवेदीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ‘सकारात्मक सोंचसहित समाज परिवर्तनका लागि, नेपालीका लागी, नेपाली’ भन्ने मुल मन्त्रका साथ सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपालको चितवन निवासी सुवेदी अमेरिकामा आइटीको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले आफु आइटी क्षेत्रमा काम गर्ने भएकाले आउँदो चुनावमा नयाँ भिजन दिन सक्ने बताउनुभयो ।

नेपालमा रहँदा सारदा नगर जेसिज लगायतका विभिन्न संघ संस्थामा क्रियाशील सुवेदी अमेरिकाको डिसी एरियामा बसेर पनि उत्तिकै सामाजिक काममा सक्रिय रहँदै आउनुभएको छ ।

अमेरिकामा सामाजिक अभियान्ताका रुपमा परिचित सुवेदीले आउँदो चुनावमा अमेरिकामा बसोबास गर्ने नेपालीलाई सुहाउने भिजन बनाएर दिने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।


प्रकाशित | ३१ चैत्र २०७७, मंगलवार ०९:२२