विदेशी ज्ञान, सीप र प्रविधि नेपाल भित्राउने हुटहुटी बोकेका गणेश केसीको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी, सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रमुख एजेन्डा

सिड्नी: यतीबेला बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै युवाहरु वैदेशिक रोजगारतर्फ उन्मुख भइरहेका छन् । ती युवाहरुले विदेशमा सीकेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा लगानी गर्ने हो भने भोलीको पुस्ताले नेपालमा नै आफ्नो भविष्य देख्नेछ । वास्तवमै देशमा रोजगार, स्वरोजगार अनि सीपलाई सही मार्गनिर्देशन दिने वातावरणको आवश्यकता छ ।

हो, विदेशमा सीकेको ज्ञान, सीप र अनुभवलाई नेपालमा केही गर्नुपर्छ भन्ने भावना बोक्नुु भएका गणेश केसीले सीप विकास अनि रोजगारी सिर्जनाका लागि लामो समयदेखी काम गर्दै आउनु भएको छ । केसी हाल एनआरएनए सीप तथा व्यावसायिक शिक्षा समिति (एनआरएनए फोकेसनल एजुकेसन) कमिटिको संयोजकका रुपमा कार्यरत रहनु भएको छ । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उहाँमा दृढ भावना छ । उहाँको नेतृत्वमा नेपालमा पनि विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरी सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय केसीले सन् २०११-०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समालीसक्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो । 

विश्वभर दक्ष जनशक्तिको माग छ । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न केसीले तीनै तहका सरकारसँग समन्वय गर्दै अघि बढ्नु भएको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न र सीपको अभावमा विभिन्न देशमा जाने नेपालीले भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न समितिको माध्यमबाट भएका विविध कार्यक्रमहरु निकै नै उपयोगी भएका छन् ।

सीपविना श्रम गन्तव्य मुलुकमा जाँदा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले कौशल वृद्धि र दक्षता सुधारको लागी अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाई छ । आईसीसीका वर्तमान उपमहासचिव रहनु भएका केसी एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । इमान्दारीतामा विश्वास राख्ने केसीभित्र स्वदेश तथा विदेशमा भएका नेपालीहरुका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी छ । पछिल्लो समय फाटो आएको एनआरएनएलाई एकढिक्का बनाउनुपर्छ भन्ने भावना छ । लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा सक्रिय रहेका केसी नेपाल अनि नेपालीको हितका लागि अघि बढ्न चाहानुहुन्छ ।

एनआरएनएलाई एकताबद्ध बनाउन अनि विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपाल भित्राउने बलियो एजेन्डासहित केसी एनआरएनएको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । काममा दत्तचित्त भएर लाग्ने केसीलाई सो पदका लागि अघि बढ्न अग्रजहरुबाट आएको सल्लाह अनुसार नै उहाँ उपाध्यक्षको लागि तयारी अवस्थामा रहनु भएको हो ।

विगतमा विभिन्न पदमा रहेर काम गर्नु भएका केसी जिम्मेवारीका साथ कर्तब्य निभाउन अब्बल हुनुहुन्छ । दुरदर्शी भिजन लिएर अघि बढ्नु भएका केसीले आगामी असोजको मसान्तमा हुने सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिर्दै हुनुहुन्छ ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय केसीले सन् २०११-०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समालीसक्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।


प्रकाशित | ९ आश्विन २०८०, मंगलवार ०८:१०