प्रकाश खालिङको संयोजकत्वमा सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन

काठमाडौँ : सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गर्नेहरुबीच अन्तरसंवन्ध कायम राख्ने उद्देश्य सहित सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन भएको छ । प्रकाश खालिङको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समिति सदस्यमा सोलुखम्बुमै कार्यरत भोजराज कार्की, काठमाडौँमा कार्यरत बुद्धबीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराँती, डोमा शेर्पा रहेका छन् ।  तदर्थ समितिले भेलाको आयोजना गरी समाजसँग सरोकार राख्ने पत्रकारहरुको उपस्थीतिमा कार्यसमिति चयन गरिने जनाइएको छ ।

तर्दथ समितिका संयोजक प्रकाश खालिङले काठमाडौँमा कार्यरत मध्य अधिकतम पत्रकारहरुको सहभागीतामा सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न सहयोग पुग्ने प्रकारको समाचार सम्प्रेषण र पत्रकारहरुलाई थप थप उत्तरदायी बनाउन स्वतन्त्र संगठनको निर्माण गरेको बताउनुभयो ।


प्रकाशित | ९ भाद्र २०७६, सोमबार १८:११