नेकपा सचिवालयको बैठक विना निष्कर्श टुंगियो, बुधबार पुनः बस्ने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक विना निष्कर्श टुंगिएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनको छलफल प्रारम्भ गरेको बैठक सहमति जुट्न नसकेपछि विना निष्कर्श टुंगिएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार पुनः बस्ने गरि टुंगिएको जानकारी गराउनुभयो । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले नेकपा सचिवालय बैठक वुधबार विहान १२ बजे पुनः बस्ने बताउनुभयो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १९:२३