भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोक्नु भएको थियो ।

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदा सुझाव दिदैं संसद्लाई फिर्ता पठाउनु भएको थियो ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि भण्डारीले त्यसपछि पनि प्रमाणीकरण गर्न मान्नु भएको थिए ।

फागुन २५ मा राष्ट्रपति बन्नु भएका पौडेलले सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको हो । सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।


प्रकाशित | १७ जेष्ठ २०८०, बुधबार ११:५५