नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा) शुल्क नलिने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा) शुल्क नलिने सहमति भएको छ । नेपाल र जर्जियाबीच सचिवस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो ।  दुवै देशका कूूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उहाँका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । आजै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १८:४६