प्राधिकरणमा भएका अनियमितताको छानविन गर्न सांसद महेश बस्नेतको माग (भिडियोसहित )

काठमाडौँ :  पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको राम्रो कामको उच्च प्रशंसा व्यक्त गर्दै प्राधिकरणमा भएका अनियमितताको छानविन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाका आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद बस्नेतले सार्वजनिक लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले ९ अर्ब रकम उठ्न बाँकी वख्यौदा रकम तथा भारतबाट खरिद गरिएको पत्लैया ट्रन्समिसन लाईनबाट २२५ मेगावटको विजुली प्रयोग गरे बापत ‘प्रयोग गरे पनि नगरे पनि ६ रुपैया ६८ पैसा भारतीय रुपैया (नेपाली १० रुपैया ६८ पैसा) तिर्नुपर्ने बारे प्रश्न उठाउनुभएको जानकारी गराउनुभयो ।

सांसद अमनलाल मोदीले उक्त प्रश्न समितिमा उठाइसकेपछि कतिपय सामाजिक सञ्जाल तथा मिडियाले उहाँलाई तल्लो स्तरमा ओर्लेर गाली गरेको बताउँदै स्वयम् कुलमानले आफुलाई घेरावन्दी तथा अनेक आरोपहरु लगाएको बताउनुभएको कुरा जानकारी गराउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको र भारतबाट खरिद गरिएको विजुली खपत गरे पनि र नगरे पनि रकम तिर्नुपर्ने विषयमा नेकपा सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिमा प्रश्न सोध्दा उहाँलाई कतिपय मिडियाले तल्लो स्तरमा पुगेर गाली गरेको सुनियो र स्वयम कुलमानजीले मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पनि सुनियो । कुलमानजीले गर्नुभएका राम्रा कामहरुमा हाम्रो सहयोग र साथ समर्थन छ । तर, मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

कुलमानले गरेको राम्रो काममा जहिले पनि साथ र सहयोग रहने बताउँदै सांसद बस्नेतले सांसद अमललाल मोदीले उठाउनुभएको गम्भीर भएको बताउनुभयो । उहाँले उक्त कुरा सम्बन्धीत निकाय, अख्तियार दुरुपयोग अनुसन्धान तथा सार्वजनिक लेखा समितिले उचित छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।

 


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १६:३२