काठमाडौँको तापक्रम शून्यमा झर्यो

काठमाडौँ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।
आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद्हरुको भनाई छ । आजको तापक्रम तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार १२:१८