एनआरएनए आइसिसीमा ‘सर्वसम्मत नेतृत्व’ बहश

काठमाडौ : गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ मा हुँदैछ ।  मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढ्दै गएको छ । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ ।

एनआरएनएका विभिन्न देशमा गरि ८० वटा एनसिसी रहेका छन् । अहिलेसम्म एनआरएनए अमेरिकाज् क्षेत्रमा पर्नेमा अमेरिका एनसिसीले नयाँ नेतृत्व चयन गरिसकेको छ । अन्य विभिन्न एनसिसीले अधिवेशनको मिती घोषणा गरिसकेका छन् । विशेष गरि अष्ट्रेलिया, यूकेको एनसिसी निर्वाचनलाई विशेष महत्वका साथ हेरिदै आएको छ । सबैभन्दा बढी सदस्य रहेको अमेरिकालाई यसपटक अष्टेलियाले उछीनेको देखिन्छ । अष्ट्रेलियामा एनआरएन सदस्य सख्या ११ हजार ८ सय ७ पुग्दैछ । कुनै समय १७ हजार सदस्य पुगेको अमेरिकामा अहिले एनआरएन सदस्य सँख्या ९ हजार २ सय १८ मात्रै छ । एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचीत भइसक्नु भएको छ । अमेरिकाको निर्वाचन समीकरणमा प्रजातान्त्रिक खेमाले आफनो पुरै पक्कट जमाउन सफल भएको देखिन्छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका आधिकारिक नेतृत्वको जित्नलाई अमेरिकामा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै, एनआरएन यूरोपका विभिन्न एनसिसीहरुले पनि धमाधम अधिवेशन घोषणा गरिरहेका छन् । मध्य पूर्व, एसिया प्याशिफिक, अफ्रिका लगायतका क्षेत्रका एनसिसीमा पनि यतिखेर नयाँ नेतृत्व चयन गर्न आत्तुर रहेको देखिन्छ । एनआरएनएका ८० एनसिसीमध्ये धेरैजसोले जुलाई, अगस्टमा अधिवेशन आयोजना गरेका छन् ।

एनआरएनए एनसिसीको अधिवेशन अक्टोवर अगावै  सम्पन्न भएपछि एनआरएनए आइसिसीको महाधिवेशन हुनेछ । आइसिसीको मिती अक्टोवरमा तोकिएको छ । अक्टोवरमा हुन गइरहेको महाधिवेशनको लागि नयाँ नेतृत्वमा अहिलेसम्म कसैले पनि सार्वजनीक रुपमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् । बाहिर सतहमा भने एनआरएन उपाध्यक्ष कुमार पन्त अध्यक्षमा उम्मेदवारी दिने पक्का उम्मेदवार भएको बुझन सकिन्छ । अर्का उपाध्यक्ष कुल आचार्यले पनि उम्मेदवारी दिने भन्दै मिडियामा बोले पनि उहाँले आगामी कार्यकालको नेतृत्वको लागि तयार गरिरहेको बुझिएको छ । हाल उपाध्यक्ष पद कायम राखेर आगामी नेतृत्वको लागि आफूलाई कडा रुपमा प्रस्तुत गरिरहनु भएको छ । अध्यक्ष भवन भट्टले पनि आगामी कार्यकालको लागि पुन: अध्यक्षमा दोहोर्याउने कुरा सार्वजनीक गर्नुभइसकेको देखिन्न ।

त्यसो त एनआरएनका केहि अगुवा तथा अभियन्ता भने एनआरएनएको इतिहासमा यो पटक सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने पक्षमा लागिपर्नु भएको छ । अभियन्ताहरु एनआरएनमा चेन अफ कमान्डको सिद्धान्तअनुरुप संस्थाको संरचनागत रुपमा काम गरेको अनुभव, हासिल गरेको ज्ञान, संस्थामा पुर्याएको योगदानलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने भन्दै भित्रभित्रै छलफल थाल्नुभएको छ । यसअघिको आठौ महाधिवेशनमा अध्यक्ष भवन भट्टको समझदारी र चेन अफ कमान्डको पोलीसीलाई अगाडि बढाएर नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न अभियन्ताहरु भित्री रुपमा लागिपर्नु भएको हो । एनआरएनएको चुनाव निकै खर्चिलो भएको गुनासो आइरहँदा सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा अभियन्ताहरु नै लागिपर्नु भएको स्रोतले विश्व सन्देशलाई जानकारी गरायो । स्रोतका अनुसार यूरोप संयोजक, आइसिसी महासचिव हुँदै दुई कार्यकाल उपाध्यक्ष रहनु भएको कुमार पन्तलाई सर्वसम्मत नेतृत्व चयन गर्न अभियन्ताहरु लागिपरेका हुन ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १५:३७