बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौंः आज सुनको मूल्य बढेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १३:३६