एनआरएनए उपाध्यक्षमा गणेश केसीको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा अष्टे«लिया निवासी गणेश केसीले उम्मेदवारी दिनु भएको छ गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

हाल उपमहासचिव रहनु भएको केसीले एनआरएनए अष्टे«लियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीमा रहनु भएको केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय केसीले सन् २०११-०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार १५:३१