उपत्यकामा दिनको समयमा मालबाहक सवारी सञ्चालन गर्न रोक लगाइँदै

काठमाडौंः काठमाडौं उपत्यकमा दिउँसो ठूला तथा साना मालबाहक सवारी सञ्चालन गर्न रोक लगाइने भएको छ । आगामी असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म यस्तो नियम बनाएर लागू गर्न लागिएको हो । काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि यातायात व्यवस्था विभागले यस्तो कदम चालेको महानिर्देशक कुमारप्रसाद दहालले बताउनुभयो । उहाँका अनुसार यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने, आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका दूध, तरकारी, फलफूल, पानी, पेट्रोलियम पदार्थ, कुखुराका चल्ला लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १४:५२