काठमाडौँ र नजिकका जिल्लामा हरेउले डसेर दैनिक १८ जना भन्दा बढी बिरामी

काठमाडौं : तापक्रम वृद्धि भएसँग काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) आइपुग्ने गरेका छन्। यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै छ ।

चिकित्सका अनुसार यस्ता बिरामी मुख्य रूपले ‘हर्रोरहरेउ’ भनिने ‘ग्रिन पिट भाइपर’ सर्पको डसाइबाट प्रभावित भएका छन् । यो विषालु सर्प भए पनि मान्छे मार्ने खालको नभएको चिकित्सकको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित | ७ असार २०७६, शनिबार ०७:४७