इंग्ल्याण्डलाई पाकिस्तानको ३४९ रनको फराकिलो लक्ष्य

एजेन्सी :  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई जितका लागि ३४९ रनको फराकिलो लक्ष्य दिएको छ । इंग्ल्याण्डको नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन जोड्यो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानको उच्च स्कोरमा हाफिजले ८४, आजमले ६३ तथा कप्तान अहमेदले ५५ रन बनाए ।

यस्तै इमाम उल हकले ४४ तथा फकर जमानले ३६ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्स र मोइन अलीले ३/३ विकेट लिए । मार्क वुडले २ विकेट लिए । आज घरेलु टोली इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई पराजित गरेको इंग्ल्याण्ड उक्त जितलाई निरन्तरता दिने योजनामा हुनेछ । यता, पाकिस्तान भने पहिलो जितको खोजीमा मैदान उत्रने छ । पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित पाकिस्तान पहिलो जितको शिकार इंग्ल्याण्डलाई बनाउने योजनामा हुनेछ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार २०:२६