बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश फैलाउन टोकियोमा शान्ति र्‍याली

टोकियो : बुद्ध नेपालमा जन्मेका हुन्न भन्ने सन्देश दिने उद्देश्यले जापानमा २५६३औं बुद्ध जयन्तीको अवसरमा टोकियोमा शान्ति र्‍याली निकालीएको छ । बुद्ध जयन्तीको अवसर पारेर गैर आवासीय नेपाली संघ जापानले टोकियोमा आयोजना गरेको र्‍यालीमा
नेपालीहरुको बाक्लो उपस्थिति थियो ।

केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित आईतबार टोकियोको हिबिया पार्क बाट गिन्जा सम्म पदयात्रा गरिएको हो । र्याली हिबीया पार्कबाट दिउसो १३ ३०बजे सुरु गरिएको र्यालीमा जापानी प्रहरी प्रसासनको महत्वपुर्ण सहयोग मिलेको थियो ।

बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी भएको अध्यक्ष टासि वाङदी लामाले बताउनु भयो ।सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन गरेको र यस्तो र्याली गर्न प्रहरी प्रसासन संग पहिल्यै अनुमति लिनु पर्ने हुन्छ।

विगतका वर्षहरुमा सन २०१५ वाच भन्ने नेपाल जापान युथ क्लब र विई फ़र अल दुई सामाजिक सँस्थाहरुको आयोजनामा उक्त र्यालि हुँदै आएको थियो । गत बर्ष बाट भने एनआरएनए जापानको आयोजनामा गर्न शूरु गरिएको एनआरएनएन जापनका महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्नुभएको थियो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ०९:४१