विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न तोकियो ११० होटेल (सूचीसहित)

काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न ११० वटा होटेल तोकेको छ । पर्यटन विभागका अनुसार क्वारेन्टिन राख्न विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ११० होटेल तोकिएको हो ।  सरकारले निश्चित गन्तब्य तोकेर हवाई यात्रा खुला गरिसकेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नु पर्छ ।

उता खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरे पनि नेपाल आउँन पाउनेछन् । तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर जान पाउँछन् ।

विभागले तोेकेका होटेलहरुमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । विभागको तथ्याङ्क अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र र्‍याडिसन गरि चार वटा पाँचतारे होटेलले क्वारेन्टिन बस्ने यात्रु राख्न पाउनेछन् ।

कुन-कुन होटेलले पाए अनुमति ?


प्रकाशित | २१ असार २०७८, सोमबार २१:२२