नेकपा बागमती प्रदेशको आकस्मिक बैठक पूर्व सूचना अनुसार निर्धारित मितीमै हुन्छ : आनन्द पोखरेल

काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा ) बागमती प्रदेशले मंगलबार प्रदेशको आकस्मिक बैठक डाकेको छ । नेकपा बागमीका प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न मंगलबार आकस्मिक बैठक डाकिएको जानकारी गराउनुभयो । यद्यपी प्रदेश संयोजकले पार्टीको विधान विपरीत बैठकमा सहभागि नहुन गरेको भ्रामक प्रचारको पछि नलागी बैठकमा सहभागि हुन पनि सचिव पोखरेलले आह्रवान गर्नुभएको छ ।

सचिव पोखरेलले पार्टीको बैठक बोलाउने अधिकार सचिवको भएको बताउँदै सचिवको अधिकार हनन गरेर बागमती प्रदेशको लेटरहेड प्रयोग गरि बिधान बिपरित ईन्चार्ज समेतले संयुक्त हस्ताक्षर गरि बैठकमा सहभागि नहुन भ्रामक समाचार सम्प्रेषण गरेकोमा आपत्ति जनाउनुभएको छ ।

एक बिज्ञप्ति जारी गर्दै सचिव पोखरेलले भन्नुभएको छ, ‘पूर्व सुचना अनुसार आकास्मिक बैठक निर्धारित मिति, समय र स्थानमा हुने ब्यहोरा अनुरोध छ । सुचना अनुसार बैठकमा उपस्थित हुन अनुरोध गर्दछु । ‘


प्रकाशित | ६ पुष २०७७, सोमबार २०:०४