एनआरएनए उच्चस्तरीय समितिको बैठक आज बस्दै, विवाद समाधान हुने विश्वास

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्न लागेको हो । यसअघि शनिबार डाकिएको बैठक समितिका संयोजक तथा प्रमुख संरक्षक शेष घले अस्वस्थ हुनु भएको कारण स्थगीत गरिएको थियो ।

आज बस्ने बैठकले दशौं अन्तराष्ट्रिय महाधिवेशनका सम्बन्धमा देखिएका समस्याको बारेमा सत्य तथ्य पत्ता लगाई समाधानका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित विशेषज्ञहरु रहेको एक स्वतन्त्र समितिले बुझाएको प्रतिवेदन विषयमा छलफल हुने र सोही बमोजीम आवश्यक निर्णय गरि विवाद समाधान गरिने विश्वास लिइएको छ ।

संघले आगामी २८ फेब्रुअरीमा आइसीसीको चुनाव गर्ने घोषणा गरिसकेको छ । तर प्रतिनिधि विवादका कारण अझै कार्यतालिका सार्वजनीक हुन सकेको छ ।

आज बस्ने बैठकले प्रतिनिधि विवाद समाधान गरेमा आजै निर्वाचन समितिलाई प्रतिनिधिको नामावली पठाइने र मंगलबारसम्म कार्यतालिका सार्वजनीक गरिने निर्वाचन समितिको तयारी छ ।


प्रकाशित | २४ माघ २०७८, सोमबार ११:३६