विप्लव समूहले भन्योः हामीले प्रहरी चौकी आक्रमण गरेका छैनौ, प्रहरीले गलत अफवाह फैलायो (विज्ञप्तिसहित)

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास नगरेको बताएको छ । उसले प्रहरीले गलत अफवाह फैलाएको भन्दै गम्भिर ध्यानर्कषणा भएको समेत बताएको छ ।विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड) ले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको प्रस्ट पारेको हो ।

समाचारमा जनाइएअनुसार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काम प्रहरी चौकीमा गए राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित  पुगेका थिए । चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । । अहिले सोलुखुम्बुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा रहेको छ । प्रहरीले घटनाको पुष्टि भने गरेको छैन ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १७:५६