जावलाखेलमा खुल्यो कोरियन खानाको स्वाद दिने ‘कोरियन बार्बी क्यु रेष्टुरेन्ट’

काठमाडौं: ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच कोरियन बार्बी क्यु रेष्टुरेन्ट उद्घाटन गर्नु भएको हो । उद्घाटन सँगै रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

सायद 'め S Korean BBQ Restaurant 반갑습니다 반갑습 Welcome 어서오세요' भन्ने पाठ को तस्बिर हुनसक्छ

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद दिने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक प्रेम गुरुङले बताउनु भयो ।

सायद ७ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

रेष्टुरेन्टमा गुरुङसँगै गैर आवासीय नेपाली संघका अध्यक्ष तथा एनआरएनए कोरियाका पूर्व अध्यक्ष समेत रहनु भएको विनोद कुँवरलगायतको लगानी छ । लामो समय कोरियामा कार्यरत रहँदै आएको टिमले नेपालमा कोरियन खानाको स्वाद पस्किने उद्देश्ले रेस्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक कुँवरले बताउनु भयो ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  'BACAN BB Korean BBQ Restaurant' भन्ने पाठ को तस्बिर हुनसक्छ

कोरियन खानाको स्वादका पारखीहरू बढ्दो रुपमा रहेकाले सो रेष्टुरेन्टले मौलिक कोरियन खानाहरू पस्कने जनाएको छ ।

कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो । कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरी कोरियन बार्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदान गर्दै आएको छ ।

सायद ८ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरभित्र तथा  'Korean BBQ Restaurant Sprite' भन्ने पाठ को तस्बिर हुनसक्छ

रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ । बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियन बार्बी क्यु रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको छ ।

सायद ११ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित देखिन्छन् । विशेष गरी अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको छ ।

सायद 1 व्यक्ति, उभिएको तथा  पाठ को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  'Korean BBQ Restaurant' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रकाशित | २३ भाद्र २०७९, बिहीबार २१:४१