भक्तपुर गुन्डुका राजेन्द्र वाग्ले अमेरिकाको शेरमन सिटीको एक कमिसनमा नियुक्त

काठमाडौं : भक्तपुर गुन्डुका राजेन्द्र वाग्ले डलास फोटवर्थ नजिकको शहर शेरमन सिटीको किप शेरमन ब्युटिफुल कमिसनको बोर्ड अफ मेम्वरमा नियुक्त हुनुभएको छ । वाग्लेलाई मे ७ , २०१९ देखि जनवरी १, २०२१ सम्मका लागि सो कमिसनको बोर्ड मेम्वरमा नियुक्त गरिएको हो । उहाँलाई नियुक्त गरिएको पत्र त्यहाँका मेयर डेविड प्लेलरले पठाएका हुन् ।

वाग्ले डेमोक्रेट पार्टीवाट यहाँको राजनीतिमा सक्रिय हुनुहुन्छ । ग्रेसन काउन्टीवाट डेमोक्रेट पार्टीको टेक्सस स्टेट कन्भेसनमा समेत सहभागि हुनुभएको छ ।अमेरिकी मुलधारको राजनीतिमा सक्रिय वाग्ले सिटी शहरमा १० वर्षदेखि बस्दैं आउनुभएको छ । सामाजिक सेवाको क्षेत्रमा सक्रियतापूर्वक लाग्दै आउनुभएको वाग्लेले  टेक्सोमा नेपाली समाजमा समेत नेतृत्वदायी भूमिका खेलिसक्नुभएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०८:३४