मेगा क्यापिटल मार्केट्स लिमिटेडले पायो कारोबार अनुमति

काठमाडौं : मेगा क्यापिटल मार्केट्स लिमिटेडले कारोबारको अनुमति पाएको छ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमतिप्राप्त गरेको हो ।

मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमति पत्रप्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र चुक्तापुँजी २० करोड रुपैयाँ छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सीईओ सुदयकान्त झाका अनुसार मेगा क्यापिटल मार्केट्स लिमिटेडले पुँजीबजारसँग सम्बन्धित निष्कासन तथा बिक्रीप्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन, संस्थागत परामर्शजस्ता मर्चेन्ट बैंकिङ सेवाहरू प्रवाह गर्दै आएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १४:१३