ग्लोबल गोरखा समाजको ५ सदस्यीय विधान संशोधन समिति गठन

काठमाडौ : ग्लोबल गोरखा समाजले विधानलाई ब्यापक छलफल गरि आवश्यक संशोधनको लागि ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । विधान समिति संयोजकमा एनआरएनएमा तीन कार्यकाल विधान समितिमा काम गरिसक्नु भएको हरिहर अर्याल, सदस्यहरुमा एनआरएनए आइसिसी संरक्षक रामप्रताप थापा, एनआरएनए मानार्थ सदस्य डिल्ली ढकाल, एनआरएनए नेपाली भाषा प्रवर्द्धन उपसमिति संयोजक कृष्ण लामिछाने, नेपाली समाज कतारका संस्थापक बुधबल गुरुङ र कानुनी सल्लाहकारमा ङासुराम पराजुली हुनुहुन्छ ।

समाजको शनिबार अर्थात् १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट अधिवेशन हुँदैछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागि हुनुहुनेछ । पूर्वप्रधानमन्त्री भट्टराईले जुम भर्चुअल माध्यमबाट हुने अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ ।

त्यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा गोरखाका नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागि हुनुहनेछ । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट, एनआरएनएका अध्यक्ष कुमार पन्त, एनआरएनएका संरक्षक रामप्रताप थापा, दिलबन्धु पोखरेल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुने तय भएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार १६:२७