आफूहरुलाई फसाउन खोजिएको भन्दै बस्‍नेत, श्रेष्ठ र खनालले दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं : सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उजुरी दिनुभएको छ ।  मानव अधिकार उल्लंघन र दुरुत्साहन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी दिनुभएको हो ।

उजुरीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे, आङकाजी शेर्पाले आफूहरुविरुद्ध कानुनअनुसार कसुर हुने कार्य गरेको उल्लेख गरिएको छ ।

सांसद् यादवलाई आफूहरुले जबर्जस्ती काठमाडौं नल्याएको , तत्कालीन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको सल्लाह र समर्थनमा आफूहरु महोत्तरी गई सांसद यादवसँग छलफल गरेको , बर्दिबासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कुरामा सहमति जनाउँदै सांसद यादव काठमाडौं आउन तयार भएको पनि उजुरीमा उल्लेख गरिएको छ । यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिनुभएको थियो ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार १७:१५