थप १० वटा म्यानपावर कम्पनी खारेज: यस्तो छन् खारेजीमा परेका कम्पनी

काठमाण्डौ: वैदेशिक रोजगार विभागले नियमविपरीत सञ्चालीत म्यानपावर कम्पनीलाई धमाधम खारेजी गर्ने कार्यलाई तीब्रता दिएको छ । केहि दिन अघि मात्र १९७ वटा म्यानपावर कम्पनी खारेज गरेको विभागले सोमबार थप १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको हो ।विभागको सोमबार बसेको बैठकले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस्, प्रिसाइस इन्टरनेशनल प्रालि खारेज गर्ने निणर्य गरेको जनाएको छ ।

यस्तै, इनोभेटिभ सर्भिसेज प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध ओभरसिज प्रालि, वल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेज गर्ने निर्णय भएको छ । वैदेशिक रोजगारीमा गएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा सम्बन्धित म्यानपावर खारेज गरेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १८:३४