प्रधानमन्त्रीको आठदिने युरोप भ्रमण जेठ २५ बाट: स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय

प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराएका हुन् । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नेछन् । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार ०९:२८