नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं : नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार
११० महिला र ५१९ पुरुष गरि थप ६२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ सहित नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । थप ८ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ ।


प्रकाशित | १० असार २०७७, बुधबार १६:२६