हङकङका ३० लाख नागरिकले बेलायतको नागरिकता पाउने

लन्डन : हङकङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकासहित झन्डै ३० लाख नागरिकले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् ।पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती नागरिकता दिलाउने घोषणा गरेका छन् ।

पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती नागरिकता दिलाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार शुरुमा उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, ५ वर्षपछि उनीहरुले नागरिकता (सिटिजनसिप) को लागि आवेदन दिन सक्नेछन् ।

यसबारेमा बेलायतका विदेशमन्त्री डोमिनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् । बेलायतको पूर्व उपनिवेश रहेको हङकङलाई सन् १९९७ पछि त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै राबले बेइजिङलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तरराष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्विकार गर्दै आएको छ ।

जुलाई १ तारिखबाट हङकङमा सुरक्षासम्बन्धी नयाँ कानून लागू गरिएको छ । उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधीमा संलग्न हुनेमाथि लक्षित छ । नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीनबीच गरिएको संयुक्त हस्ताक्षरसहितको सम्झौताको उल्लंघन भएको बताइएको छ । जुन सम्झौताअनुसार कम्तिमा ५० वर्ष सम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ ।

हङकङमा झन्डै ३ लाख ५० हजार जति ‘ब्रिटिश नेशनल ओभरसिज’ (बिएनओ) पासपोर्ट होल्डर छन् । उनीहरुबाहेक अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिप सुविधाका लागि लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा सबैले ६ महिनाका लागि बेलायत प्रवेश गर्न पाउनेछन् ।

सन् १९८० मा विशेष व्यवस्थासहितको ब्रिटिश नेशनल ओभरसिज (बिएनओ) पासपोर्ट प्रदान गरिएको थियो । तर हाल त्यस्ता पासपोर्ट होल्डरका सबै सुविधा कटौती गरेर ६ महिनासम्मका लागि बेलायत प्रवेश गर्न पाउने सुविधामा मात्र सिमित गरिएको छ । स्रोत -नेपाली लिङ्क


प्रकाशित | १८ असार २०७७, बिहीबार १२:५६