सागमा नेपाललाई १३ स्वर्ण (सूचीसहित )

काठमाडौँ: १३ औं दक्षिण एसियली खेलकुद (साग) मा नेपालले अहिलेसम्म १३  वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरेको हो । सागमा नेपालले अहिलेसम्म जितेको १३ स्वर्ण विजेताको नामावली यसप्रकार छ:-

नेपालका स्वर्ण पदक विजेता

१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) निर्मला तामाङ, सरु कार्की र संगिता मगर
३. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महशुस मानन्धर, प्रविन महर्जन
४. कराँते कुमुते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते कुमुते (५० केजी मुनि) अनु अधिकारी
६. कराँते कुमुते (८४ केजी मुनि) विप्लव लाल श्रेष्ठ
७. कराँते कुमुते (४५ केजी मुनि) कुसुम खड्का
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१२. तेक्वान्दो पुम्से ( टिम) – आयशा शाक्य, सञ्जिव कुमार ओझा
१३. ट्रायथलोन – सोनी गुरुङ


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १७:३९