सांसदलाई ६ करोड दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं: बजेटमा सांसदलाई ६ करोड दिने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संघीय संसदका सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ दिने सरकारले आगामी आथिक वर्षको बजेटमा उल्लेख गरेको थियो । सोही सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

दायर गरिएको रिटमा सरकारले बजेट भाषणमार्फत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ दिने घोषणा बदर गर्न माग गरिएको छ । अधिवक्ता पारसमणी भट्टराई र दिनेशराज सुवेदीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराउनुभएको हो । अर्थमन्त्री युवराज खतिवडाले आव २०७६/०७७ बजेट भाषणमा स्थानीय तह पूर्वाधार विकासलाई तीव्रता दिन बजेट बढाउँदै ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गर्नुभएको थियो ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार २०:३७