सूर्यविनायक नगरको पहिलो कार्यपालिका बैठक सम्पन्न, विभिन्न विषयगत समिति गठन, प्रवक्तामा सापकोटा

भक्तपुर: सूर्यविनायक नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । आगामी पाँच वर्षका लागि निर्वाचीत जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको हो ।

नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न  विषयगत समिति गठन गरेको छ ।

बैठकले सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद व्यबस्थापन समिति, विधायन समिति र लेखा समिति गठन गरेको हो ।

नगरपालिकाले वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थको संयोजकत्वमा सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा शर्मिला बस्नेत, बिक्रम तामाङ, ताराबहादुर बिष्ट, सन्तोषी नेपाली, कल्पना नेपाली, कल्पना खतिवडा दाहाललाई चयन गरेको छ ।

त्यस्तै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यहरुमा लछुराम न्यौपाने, सुमन परियार, हेमा खतिवडा, मञ्जु कार्की, सरला विश्वकर्मा, रन्जीता तिखत्री, हिरालक्ष्मी कोजू र बिदुर खड्का रहनु भएको छ ।

त्यसैगरि वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा दिपेन्द्र केसी, शेरकाजी सुवाल, सावित्री मिश्र, कुमार चौलागाई, गंगा खड्का र लक्ष्मण त्वाती रहनु भएको छ ।

त्यस्तै वडा नं. १० का वडाध्यक्ष शिवराम राउतको संयोकत्वमा गठन भएको पूर्वाधार विकास समितिमा मनोज थापा, गीता पण्डित, विश्वराम त्वायनावासु, जनक भण्डारी, पम्फा परियार, पुजा वराह चयन हुनु भएको छ ।

वातावरण तथा विपद व्यबस्थापन समिति वडा नं. ९ का वडाध्यक्ष भगवान खत्रीको संयोजकत्वमा इश्वर खड्का, उमेश कार्की, अञ्जना नेपाली, प्रजुन तिखत्री, दिप गिरी, जनार्दन खड्का, राधिकार मिजार, विदुर देउजा सदस्य रहेको समिति गठन गरिएको छ ।

त्यस्तै वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीको संयोजकत्वमा गठन भएको विधायन समितिमा इश्वरबहादुर थापा, कमला पोखरेल, सुनिल भुजेल, सुवाष न्यौपाने, उज्वल राजथला, भगत राना, गीता बुसुंखे सदस्य रहनु भएको छ ।

वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीको संयोजकत्वमा लेखा समिति गठन भएको छ । यस समितिको सदस्यहरुमा तारा सापकोटा र घनश्याम भट्टराई रहनु भएको छ ।

नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको संयोकत्वमा राजस्व परामर्श समिति गठन गरिएको छ । सो समितिमा रबिन्द्र सापकोटा र शर्मिला बस्नेत सदस्य रहनु भएको छ ।

बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालाई जिम्मेवारी दिएको छ । त्यस्तै, आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धमा छलफल गर्दै नगर सभा छिटो भन्दा छिटो गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मेयर बासुदेव थापासहित उपमेयर सरिता भट्टराई, वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु सहभागि हुनुहुन्थ्यो । बैठकमा सम्बोधन गर्नुहुँदै मेयर थापाले नगरपालिकालाई समृद्ध र सुखी नगर बनाउने अभियानमा सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो । बैठक निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।


प्रकाशित | १९ जेष्ठ २०७९, बिहीबार २१:०८