अन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने निर्णय

काठमाडौं : सरकारले पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो ।

त्यस्तै, तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको छ । अझै कोरोनाको सङ्क्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य बनेपछि पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको हो ।

साथै अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र बिजोर दिनमा बिजोर नम्बरको यातायातका साधन चल्ने गरे पनि अब सबै यातायात सुचारु गरिने भएको छ ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार २०:५२