एनआरएन अभियानमा होमिएका सुनील साहः काम गरेर देखाउने हुटहुटी, भन्छन्, ‘पदको लोभ छैन’

काठमाडौं : गैर आवासीय नेपाली अभियानमा सुनील साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय बनेको छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको छ ।

उहाँले संस्थाको आर्थिक अवस्था के कस्तो छ भन्ने सबैमा अन्यौलता रहीरहेको अवस्थामा मासिक रुपमा संस्थाको आय ब्यय प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनीक गर्ने परिपाटीको शूरुवात गर्नुभयो । विशेषत गैर आवासीय नेपाली अभियानमा बाहिर निकै प्रचार प्रसार गर्ने तर संस्थालाई योगदान नगर्ने ब्यक्तीहरुको बारेमा आम गैर आवासीय नेपालीहरुलाई नजिकबाट बुझ्ने अवसर दिनुभयो भने अर्कोतर्फ संस्थालाई यति दिन्छु र उती दिन्छु भन्दै बोल्ने तर संस्थामा आर्थिक सहयोग नबुझाउनेलाई चरणबद्ध रुपमा ताकेता गर्दै असुलउपर गर्न सफल हुनुभयो । यति मात्र नभई साहकै नेतृत्वमा मधेश प्रदेशमा मोबाइल ब्लड बैक बस परियोजना अगाडि बढिरहेको छ । अब चाँडै बस खरिद गरेर हस्तान्तरण हुँदैछ ।

साहले विगतदेखि नै विश्वभरका विभिन्न देशका एनसिसीमा पुगेर त्यहाँको समस्या, अवस्था बुझ्ने प्रयास गर्दै आउनु भएको छ । उहाँले एसिया प्याशिफिक, युरोप, मध्यपूर्वका अधिकांश देशमा रहेका गैर आवासीय नेपालीहरुसँग भेटघाट गरि एनसिसीलाई कसरी बलियो बनाउन सकिन्छ भनेर राय सुझाव समेत संकलन गरिसक्नु भएको छ ।

सो अवसरमा साहलाई धेरैले आगामी नेतृत्वको लागि अगाडि बढ्न समेत सुझाएका छन् । तर साह पदको लागि भन्दा अभियानमा जोडिएर केहि काम गर्ने हुटहुटी लिएर अगाडि बढ्नु भएको देखिन्छ । साह भन्नुहुन्छ, काम गर्नेलाई पदै चाहिन्छ भन्ने होइन । एनआरएन अभियानमा जोडिएर अगाडि बढ्ने योजना बनाउनु भएको साहले चाँडै के कसरी अगाडि बढ्ने भनेर निर्णयमा पुग्ने बताउनुभयो ।

एनआरएनए अमेरिकामा वर्तमान अध्यक्ष डा. अर्जुन बञ्जाडे टिमलाई जिताउन सफल हुनु भएको साहले पछिल्लो समय एनसिसी अमेरिकामा मात्र नभई सबै एनसिसीमा आफ्नो प्रभाव जमाउँदै लग्नु भएको छ भने अधिकांश एनसिसीका नेतृत्व र पदाधिकारीहरुसँग निरन्तर सम्पर्कमा समेत हुनुहुन्छ । साह पुराना र वर्तमान अधिकांश नेतृत्वहरुसाग नियमीत सम्पर्कमा रहेको र सबैको राय सुझाव अनुसार अगाडि बढ्ने बताउनुहुन्छ । साहले अहिलेसम्म सार्वजनीक रुपमा कुन पदमा लड्ने भन्नेर अधिकारिक धारणा ब्यक्त गर्नु भएको छैन । तर धेरैले साहलाई उपाध्यक्षका लागि अगाडि बढ्न सुझाव दिइरहेका छन् ।


प्रकाशित | २८ श्रावण २०८०, आईतवार २१:२५