बलिउड अभिनेता अजय देवगन ५०औं जन्मदिन

बलिउड: अभिनेता अजय देवगन आज ५०औं जन्मदिन । अजयको जन्म सन् १९६९ अप्रिल २ मा भारतको नयाँ दिल्लीमा भएको थियो । एक्शन हिरोदेखि कमेडी किङ्गका रुपमा दर्शकको मन जित्न सफल अजयले हालसम्म कैयौं सुपरहिट फिल्म दिइसक्नुभएको छ । अभिनेता देवगनले अभिनेत्री काजोलसँग विवाह गरेको दुई दशक भइसकेको छ । बलिउडमा अजय र काजोलको जोडीलाई स्टाइलिस जोडीको रुपमा हेर्ने गरिन्छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १२:२४