एनआरएनए जापानको विवाद मिलाउने जिम्मा हिराचन र भट्टलाई, सहमति नभए निर्वाचन गर्ने अधिकार (पत्रसहित)

टोकियो – गैर आवासीय नेपाली संघ जापानको विवाद मिलाउने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई दिइएको छ । विश्व सन्देशलाई प्राप्त पत्रमा एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा दिएको उल्लेख छ ।

एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेख्नु भएको पत्रमा भनिएको छ,  ‘गत जुलाई ३० मा भएको एनसीसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउनको लागि श्री देवमान हिराचन र श्री भवन भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको छ ।’

यही फेब्रुअरी ७ तारिखमा बसेको उच्चस्तरीय समितिको चौथौ बैठकले कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि अधिकार प्रत्यायोजन गरेको पत्रमा उल्लेख छ ।

एनआरएनए जापानको जुलाई ३० मा भएको निर्वाचनमा प्रविधिको दुरुपयोग गरि १ हजार ७ सय नक्कली मतदाताको प्रयोग गरेर निर्वाचनमा धाँधली गरिएको आरोप छ ।


प्रकाशित | २८ माघ २०७८, शुक्रबार २२:२०