नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा शुल्क निःशुल्क

काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निःशुल्क गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराउनु भयो ।

उहाँले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताउनु भयो । सरकारले यसैवर्षदेखि सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने समेत घोषणा गरिसकेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:१३