नेपालमा १ हजार २०१ कोरोना संक्रमित थपिए, ८५२ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १७६ जनाको पिसिआर परिक्षणको क्रममा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ ।

नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो। यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्।


प्रकाशित | २७ भाद्र २०७७, शनिबार १६:३३