पुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यबसायी संघद्धारा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

काठमाडौं: पुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यबसायी संघले एक अन्र्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । संघद्वारा आयोजित ‘बढ्दो अब्यबस्थित र असुरक्षित बजार व्यवस्थापनको लागि व्यबसायी,स्थानीय निकाय र प्रहरी प्रशासनको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 कागेश्वरी मनोहरा नगर प्रमुख कृष्ण हरि थापाको प्रमुख अतिथ्यतामा आयोजना गरिएको कार्यक्रममापुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायी संघका अध्यक्ष रमेश घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका वडा प्रतिनिधिहरु, टोलसुधार समितिका अध्यक्षहरु, समाजसेवी र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ब्यबसाय गर्दै आउनुभएको ब्यवसायीको बाक्लो सहभागीता रहेको मोबाइल ब्यवसायी एकराज शिवाकोटीले जानकारी गराउनुभयो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार २१:३३