आज सभामुखको निर्वाचन हुदैँ

काठमाडौँ -बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । सभामुख चयनका लागि बिहीबार प्रतिनिधिसभामा मतदान हुँदैछ ।

गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । 

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद हुनुहुन्छ ।

न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुनुहुन्छ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । 


प्रकाशित | ५ माघ २०७९, बिहीबार ०९:२२